खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबारबाट शुरु, को–को होलान् आउट ?

Posted on: 11 Jan, 2018

चिसाङ शेर्पा/पुस २७, खोटाङ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबार हुंदैछ । 

सदरमुकाम दिक्तेलस्थित स्थानिय हेलिप्याडमा हुने रियालिटी शोमा १६८ जनाले आफ्नो प्रतिभा प्रस्तुत गर्ने भएका छन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने योजनाका साथमा सञ्चालित ‘खोटाङ आईडलले नेपाल सहित विदेशमासम्म चर्चा परिचर्चाको बटुलेको छ । आईडलमा बालबालिकादेखी युवायुवती र बयष्कसम्म दोश्रो अडिसनका लागि छनौटमा परेका छन् ।

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शो अन्तरगतको दोश्रो चरण अडिसनका लागि जिल्लाको आठ गाउँपालिका, दुई नगरपालिकाबाट १ सय ६८ जना प्रतियोगीहरु छनौटमा परेका छन् । दोश्रो अडिसनबाट १ सयजना बाहिरिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो ।

दिक्तेल बजारको स्थानिय हेलिप्याडमा सञ्चालन हुने दोश्रो अडिसनका लागि गायक सागर संसार राई, राजेश पुमा राई, भक्त बिक निर्णायकमा रहने आयोजकले जनाएको छ । दोश्रो अडिसनमा सयजना निकालिने भएपछी प्रर्तिष्पर्धीहरु रातादिन अभ्यास गरिरहेका छन् । अधिकांश प्रर्तिष्पर्धीहरु दुई दिनको बाटो हिडेर दिक्तेल आएका छन ।

रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!