ट्रक भित्र एलिसा र निराजनको रोमान्स (भिडियोसहित)

Posted on: 12 Jan, 2018

पुस,काठमाडौँ । चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो बाहिरीएको छ । 

मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो ।  जाउँ हिँड मैच्याङ बोलको सेलो गीतको भिडियोमा वि.पी हाईवेका मनोरम दृश्य समावेश गरिएको छ । 

दर्शन लामाको स्वर रहेको गीतको भिडियोमा एलिसालाई निराजनले ट्रकमा भगाएको देखाइएको छ । जहाँ उनीहरुको रोमान्टिक दृश्य समेत राखिएको छ । 

युवराज वाइबाको निर्देशनमा बनेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । 

गीतमा स्मृति मोक्तानको शब्द र सुसन लामाको संगीत छ । 

हेर्नुहोस् भिडियो 

यस बिषयमा तपाइको प्रतिक्रिया...!