गायीका रेश्मा बमजनको तामाङ सेलो गीत सार्बजनिक (भिडियोसहित)

Posted on: 16 Jan, 2018

माघ, काठमाडौँ । गायीका रेश्मा बमजनको स्वरमा रहेको के सारो हेरेको च्याङ्वा बोलको तामाङ सेलो गीत सार्बवनिक गरिएको छ । 

सिन्धुलीमा जन्मीएर काठमाण्डौलाई कर्म थलो बनाउँदै आएकी बमजनले दर्जनौ सेलो गीत र लोक आधुनीक गीत गाईसकेकी छिन । उनको यो गीतमा संजिव वाईवाको संगीत तथा शब्द संकलन, बबी घतानीको एरेन्ज र सम्पादन अनील कुमार महर्जन अनि छाँयांकन बाशु बरालको रहेको छ । 


सुजन तामाङको निर्देशन, टेकराज लाङघाली र दिप्त प्रकाश काश्यपको सह निर्देशन रहेको यस गीतको मुख्य भुमिका बिक्रम लामा र नवाड्ड लामाले गरेका छन भने साथमा टेकराज लाङघाली, मनिका राई र गरिमा तामाङको पनि अभिनय रहेको छ । 

काठमाण्डौको हसनटारका बिभिन्न रमणिय स्थलमा तथा बिभिन्न गुम्बाहरुका छायांकन गरिएको यस गीतमा ग्रामीण तामाङ कला सस्कृति देखाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!