सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने, कहिले आउँदैछन् सलमान नेपालमा ?

Posted on: 18 Jan, 2018

माघ ४, चन्द्रागिरि | बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् । 

दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउने जनाइएको छ । सलमान खान निकटका मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टको तर्फबाट हालै श्री जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरि उक्त कुरा जानकारी गराएका हुन् । 


खानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि यहि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको जनाइएको छ । पत्रकार सम्मेलनलाई सोहिल खानले सम्बोधन गर्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!