सुनिरहन मन लाग्ने तुलसी घिमिरेको ‘किस्ता बन्दीमा’ सार्वजनिक (भिडियोसहित)

Posted on: 23 Jan, 2018

माघ, काठमाडौँ । गायक तुलसी घिमिरेको रमाईलो गीत ‘किस्त बन्दीमा’ सार्वजनिक गरिएको छ । 

सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा गायक घिमिरेकै शब्द तथा संगीत रहेको छ । रुद्र श्रेष्ठको संगीत संयोजनमा तयार भएको गीतको अडियो पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सुन्दर गीतको भिडियो पनि एकदमै उत्कृष्ट बनेको छ ।

कमेडी शैलीमा बनाईएको म्युजिक भिडियोमा गायक तुलसीको साथमा समिक्षा कार्की र बिकास भट्टराईको अभिनय रहेको छ । शिर कुमार सम्पाङ्गको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई गायक घिमिरेले नै निर्देशन गरेका हुन् ।

रमाइलो गीतको सुन्दर म्युजिक भिडियोलाई ईटहरीका रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!