हास्य टेलीसृंखला भद्रगोलको प्रसारण अनिश्चित हुनुको कारण रहेछन् धुर्मुस !

Posted on: 05 Feb, 2018

माघ २२, काठमाडौं । आइतबार एकाएक हास्य टेलीसृंखला भद्रगोलको प्रसारण बन्द हुने बिषयमा समाचार भाइरल बन्यो । भद्रगोलका मुख्य कलाकार मध्ये निर्देशक समेत रहेका अर्जुन घिमिरे (पाँडे) ले यस बिषयमा फेसबुकमा स्टाटस लेखेपछी भद्रगोल भित्रको भद्रगोल छरपष्ट भएको हो ।

आखिर चर्चित र दर्शकले औधि रुचाएको हास्य टेलीसृंखला 'भद्रगोल' बन्द गर्नेसम्मको निर्णय किन लिईयो भन्ने बिषयमा भने नयाँ खुलाशा भएको छ । 'भद्रगोल' का दुई निर्देशक कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पांडे) मिडिया हव (भद्रगोल उत्पादन गर्ने संस्था) सँग रुष्ट भएपछी हास्य टेलीसृंखलानै प्रसारणमा अनिश्चितता भएको हो । निर्देशकद्वय रुष्ट बन्नुको कारण रहेछ - धुर्मुसको सिन मिडिया हबले काटिदिनु । 

हास्य टेलिश्रृंखला ‘भद्रगोल’अघिल्लो एपिसोडमा धुर्मुस-सुन्तलीद्वारा नवनिर्मित सन्तपुर बस्तीलाई भद्रगोलमा देखाइएको थियो । जसमा धुर्मुस स्वयमले पनि छोटो अभिनय गरेका थिए । तर धुर्मुसले अभिनय गरेको दृश्य भने मिडिया हबले हटाईदियो । यसै कारण भद्रगोलका निर्देशकहरु मिडिया हबसँग रुष्ट बने । 

भद्रगोलमा सामाजिक अभियन्ताका रुपमा परिचित धुर्मुस - सुन्तलीको कामलाई थप प्रोत्साहन गर्ने उध्यश्यले कार्यक्रम निर्माण गरिएको थियो तर मनोमानी ढंगले धुर्मुसको अभिनय रहेको दृश्य हटाइयो । यही कारण भद्रगोल अब आउने-नआउने भन्ने अनिश्चित बन्न पुग्यो । आइतबार अर्जुन (पाडे) को स्टाटसपछी मिडिया हबलाई 'भद्रगोल बन्द हुने हो ?' भनि प्रतिक्रिया लिँदा मिडिया हबले उनीहरु (पाडे/जिक्री) नभएपनि 'भद्रगोल' बन्द नहुने बताएको थियो ।  

मिडिया हबले धुर्मुससँग दुश्मनी साध्न धुर्मुसको अभिनय सहित नाम समेत काटेको थियो । यस अघिपनि मिडिया हब र उसले संचालन गरेओ कार्यक्रमहरु बिबादित हुने समाचारहरु आएका थिए । मेरीबास्सैको निर्देशक हुँदा देखिकै धुर्मुस र मिडिया हब बीच सम्बन्ध नराम्रो रहेको बुझिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!