हाँस्य कलाकार दीपक-दीपाको प्रेम झांगिएपछि बिहेमा परिणत भयो (भिडियोसहित)

Posted on: 07 Feb, 2018

माघ, काठमाडौँ । हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला अभिनित सामाजिक चलचित्र ‘हुन्नरी’ सार्वजनिक भएको छ । 

सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको चलचित्रमा दीपक र दीपा प्रेमीप्रमीकाको ?पमा देखिएका छन् । शारिरीक रुपले अशक्त सोझो गाउँले केटाको भुमिकामा दीपकले अभिनय गरेका छन् भने दीपा, विधवा महिलाको भुमिका देखिएकी छिन् । 


समाजलाई चुनौति दिँदै यि दुईले विवाह गरेर सामाजिक सुरक्षा भत्ता बापत पाएको पैसा बचत गरेर ठुलो काम गर्न सफल भएको विषयलाई चलचित्रमा देखाईको छ ।

समाजिक सुरक्षा भत्ताको सहीसदुपयोग भएमा थोपा थोपा संकलन गरेर गतिलो काम गर्न सकिने सन्देश चलचित्रले दएको छ । केन्द्रिय पञ्जिकरण विभागका लागि सेभ द चिल्ड्रेनको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको यस चलचित्रलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । 

अभिमन्यु निरवीको लेखन रहेको चलचित्र गोकुल अधिकारीले खिचेका हुन् भने अमन मानन्धरले सम्पादन गरेका हुन् । चलचित्रमा दीपक दीपासँगै देशभक्त खनाल, लक्ष्मण विक्रम बस्नेत, लक्ष्मी गिरी, निरु खड्का, दीपक आचार्य, कमला रेग्मी, गीता थापा, अप्सरा अधिकारी लगायतको अभिनय छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!