भ्यालेन्टाइन डे अघिनै भाईरल भइन् यी युवती, यस्तो छ कारण

Posted on: 13 Feb, 2018

भारतमा सामाजिक संजाल प्रयोगकर्ताहरुमा एक युवतीको तस्वीर र भिडियो क्लिपहरु भाईरल भईरहेको छ । यसमा युवतीको आँखामार्फत आफ्नो प्रेम प्रस्तुत गर्दै गरेको देख्न सकिन्छ ।

यी युवतीको आकृतिलाई मानिसहरुले यति मन पराएका छन् कि इन्स्ट्राग्राममा उनको केहि घण्टामै चार लाखभन्दा बढी फ्लोअर्स बढेका छन् । साथै ट्विटरमा आइतबार यिनै युवतीको नाम टप ट्रेन्डमा आएको थियो । ट्विटरका प्रयोगकर्ताहरुले Tweets मार्फत आफ्नो प्रेम व्यक्त गरेका छन् ।


वास्तवमा, तस्वीरमा तथा भिडियोमा देखिएकी यी युवती मलयाली एक्ट्रेस प्रिया प्रकाश वारियरहुन् । १८ बर्षकी प्रिया वारियर भारतको केरलाको त्रिशूरमा बस्छिन । उनि अहिले त्रिशूरकै विमला कलेजमा बी. कम पढ्दैछिन् ।

उनको डेब्यू फिल्म 'Oru Adaar Love' को गीत 'Manikya Malaraya' को एक भीडियो क्लिप सामाजिक संजालमा भाईरल भएको छ । 

यस गीतमा स्कूले टीनएजको बीचको प्रेम सम्बन्धलाई देखाईएको छ । जुन गीत यू-टूयबमा निकै मन पराइएको छ । पछिल्लो ५ दिनमै झन्डै सभा १ करोडले यो भिडियो हेरेका छन् । जुन नेपालमा पनि आठौँ नम्बरमा ट्रेन्ड भईरहेको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!