प्रियंका र काटुन्ज क्रुलाई तीन हप्तामा ५० लाख पटक हेरियो (भिडियो)

Posted on: 14 Feb, 2018

फागुन, काठमाडौँ । माछीले खाने खोलीको लेउ बोलको गीतलाई ५० लाख भन्दा धेरै पटक हेरिएको छ ।  

रिलिज भएको दुई सातामै गीतलाई ५० लाख बढीले हेरेका छन् । गीतले छोटो समयमा धेरै पटक हेरिने गीतको नयाँ रेकर्ड बनाएको छ । 

रिलिजको दिन देखि नै यो गीत लगातार युट्युब ट्रेन्डिङमा रहेको छ । सरोज ओली र मेलिना राईको आवाज रहेको गीतमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीले अभिनय गरेका छन् । दिनेश थपलियाको शब्दमा सजिएको गीतलाई बसन्त सापकोटाले संगीत दिएका छन् । 

सुदिप बरालको छायांकनमा म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!