बिहे नगर्नुको कारण सलमान खान आफैले गरे ख़ुलास

Posted on: 24 Feb, 2018

माघ १२, काठमाडौँ । सलमान खानको विवाह उनका फ्यानहरुका लागि ठूलो प्रश्न हो तर सलमानले आफूले विवाह नगर्नुको वास्तविक कारण बताएका छन् । 


सलमानका अनुसार महंगो विवाहको लागि खर्च नर्ग नसकेर उनले विवाह नगरेका हुन् । सलमानले हालसालै एक अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् । 

सलमान खानले आफ्नो विवाहको बारेका कुरा गर्दै भने–आजभोलि विवाह निकै महंगो हुँदै गएको छ । विवाह गर्न लाखौं करोडौं खर्च हुन थाल्यो’ सलमानले अगाडि भने,‘म यति महंगो विवाह गर्न सक्दिन’

सलमानले आफ्ना आमा बुबाको विवाहको प्रशंग समेत सुनाए । आफ्ना बुबाको विवाह १८० रुपैयाँ सकिएको र र प्यारेन्टसले आफ्नो पाँच भाइ बहिनीलाई कम आमदानी भएपनि राम्रोसँग पालन पोषण गरेको बताए । 

आफ्नो आगामी फिल्म रेस ३ को सुटिङमा सलमान व्यस्त छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!