‘बहुला’ पछिको निकेश खड्काको पछिल्लो नयाँ प्रस्तुति ‘मुखौटा' सार्बजनिक (भिडियोसहित)

Posted on: 03 Mar, 2018

फागुन १९, काठमाडौं । म्युजिक भिडियो निर्देशक निकेश खड्का पछिल्लो समयमा कथात्मक भिडियो निर्माणमा चिनिएका छन् ।


‘बहुला’, ‘छोरी अन्माउँदा’लगायतका भिडियोमा कथात्मक प्रस्तुति दिएका निकेश नयाँ भिडियो ‘मुखौटा’मा पनि त्यो फ्लेबरलाई छोडेका छैनन् ।

निश्चल बस्नेतको फिल्म ‘लुट’बाट प्रभावित भएर बनाइएको भिडियोमा बैंक लुट्ने लुटेरको कथालाई प्रस्तुत गरिएको छ । बैंक लुटेर सहकर्मी साथीको हत्या गरेपछि लुटेको पैसा पैसा नक्कली हो भन्ने थाहा पाउँदा हुने परिणामलाई भिडियोमा देखाइएको छ ।

सनुप पोखरेल र कल्याण सिंहको स्वर रहेको गीतमा मनिष बशिष्टको शब्द र कल्याण सिंहको संगीत छ । भिडियोमा विवेकसिंह ठकुरी, वृन्दा कठायत, गौरवजंग राणा, प्रशन्न, सुवास गुरुङको अभिनय छ । बुद्ध तामाङको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

निर्देशक निकेश खड्काले भिडियोलाई फिल्म लुटको फ्लेबरमा निर्माण गरिएको बताए । ‘भिडियो बनाउन कलाकारहरुले निकै मेहनत गर्नुभएको छ । गीत अनुसार निकै राम्रो भिडियो बनाएका छौं ।’ उनले भने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!