चलचित्र ‘मिस्टर भर्जिन’को प्रदर्शन मिति तय (भिडियोसहित)

Posted on: 12 Mar, 2018

फागुन २८ काठमाण्डौ | चलचित्र ‘मिस्टर भर्जिन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रमा अब आँउदो बर्ष २०७५ को भदौ १ गते रिलिज हुने भएको छ ।

 वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् । 

चलचित्रमा गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । 

चलचित्रको केही समय अघि ‘टुल्की’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भइसकेको छ । चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ ।

 चलचित्रमा टेक्निकल हेडको रूपमा दशरथ  गिरी रहेका छन् ।

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!