गायक शिव परियारले ल्याए 'मात नलाग्ने रक्सि' (भिडियोसहित)

Posted on: 02 Apr, 2018

चैत्र १९ काठमाण्डौ | चर्चित गायक शिव परियारले आफ्ना दर्शक तथा स्रोता सामु नयाँ गीत लिएर आएका छन् । नेपाली सांगीतिक क्षेत्रमा सुपरहिट बनेका परियारले यतिबेला बिल्कुलै फरक ‘मात नलाग्ने’’बोलको गीत ल्याएका छन् | परियारले उक्त गीतको भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

परियारको एघारौ एल्बम शिवालयमा समाबेश सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द र आशिस अविरलको संगीत रहेको छ । गीतमा नायिका प्रियंका कार्की र विशाल लामालाई फिचरिङ गरिएको छ। गीतको कोरियोग्राफर राजिव समरले गरेका हुन्  ।

यहि बर्ष मात्रै शिवको ‘आँशुको अर्थ’र “हल्ला हल्ला मै माया” जस्ता गीत बजारमा आइसकेका छन् । अरु गीत जस्तै ‘मात नलाग्ने रक्सी र हात नलाग्ने माया’पनि दर्शक तथा स्रोतालाई मन पर्ने गायक परियारले बताए।

म्यूजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । उत्तम हुमागाईंको छायांकन रहेको यस गीतलाई बिकाश धमलाले सम्पादन गरेका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!