नेप्टे प्रदर्शनको ९ दिन अगाडी मिडियामा दयाहांग राई(भिडियोसहित)

Posted on: 05 Apr, 2018

चैत्र २२ काठमाण्डौ | प्रदर्शनको लागि तमतयार भएको सिनेमा "नेप्टे" को प्रमुख कलाकार दयाहांग राई अहिले निकै व्यस्त छन् । सिनेमाको प्रचार प्रसारको लागि दौडधुप गर्न नपाएका राई अहिले आफ्नै निर्देशनमा रहने नाटकको  दैनिक रिहलसलमा रहेका र छन् यस कारणले पनि म व्यस्त भएको उनले बताए ।  

नेप्टे प्रदर्शनको ९ दिन पहिलो पटक उनि फिल्म नेप्टेको लागी मिडियामा सार्वजनिक भएका हुन् । उनले पत्रकारहरुको दोहोरो प्रश्नको जबाफ पनि दिएका थिए । राई यस फिल्म मार्फत नेपाली सिनमा नगरीमा खलनायकको रुपमा देखा पर्ने छन् उनले भने "म जिन्दगीको हरेक पाटो औलाऊंन सक्छु र यो पनि मेरो कोसीस हो"। 

भिडियोमा पोस्टरमा भएको "हरियो डलर डलरले बिगार्यो कलर अब पैसा बर्शिने भयो बररर" बोलको सम्बाद निकै हिट छ र ट्रेलरमा भएको "मायामा दाई न साई ' बोलको सम्बाद पनि निकै हिट छ । फिल्मलाई  निर्देशक देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।  किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।  फिल्ममा सन्तोष राज, बाबु बोगटी ,ओम सुनारको संगीत रहेको छ  ।

कविराज गहतराजको कोरियोग्राफी, तारा थापा 'किम्भे' को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 

अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन् । ट्रेलरमा उनले बोलेका केही संवादले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाइदिएको छ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!