अब यसरी बित्नेछ सलमान खानको जेल दैनिकी (२४ घन्टे रुटिन सहित)

Posted on: 06 Apr, 2018

चैत २३, काठमाडौँ (सास) | भारतको जोधपुर कोर्टले सलमान खानलाई कृष्णसार (कालो हरिण) शिकार मुद्दामा दोषी ठहर गर्दै पाँच बर्ष कैद सजाय सुनाए लगत्तै सलमान खान जेल परेका छन् । उनलाई वाइल्ड लाइफ प्रोटेक्शन एक्टले ५ बर्षको सजाय तोकेको हो । १० हजार रुपयाँको जरिवाना पनि लगाएको छ । 

दैनिक लाखौँ कमाउने सलमानको लागि १० हजार केहि होइन तर उनलाई १० हजार जरिवाना सहित तोकिएको ५ बर्षको सजाय उनको करियर र आर्थिक आम्दानीको हिसावमा अरवौंको हो । उनले ५ बर्षको जेल जीवन बिताउनु पर्यो भने उनको फिल्मी करियर धरापमा पर्ने निश्चित छ । ५२ बर्ष उमेर पुगिसकेका सलमान ५ बर्षपछि जेलबाट छुट्दा कस्तो बन्लान ? धेरैको चासोको बिषयमा सबैभन्दा महत्वपूर्ण चासो के पनि छ भने दैनिक स्वतन्त्र जीवन बिताउँदा हुने उनको जीवनशैली जेलभित्र निकै फेरिनेछ । जेल भित्र सलमानले दैनिकी कसरी मिताउलान सबैलाई चासोको विषय हो त्यसैले यहाँ त्यसको चर्चा हुँदैछ । 

सलमानलाई बिहिबार दिउसो जोधपुर सेन्ट्रल जेलगिएको छ । जुन जेल सुरक्षाको दृष्टिकोणले सबैभन्दा सुरक्षित मध्ये एक हो । उनि उक्त जेलमा कैदी नम्बर १०६ भएका छन् । जेल जीवनमा सलमानको पुरै दैनिकी बदलिनेछ । उनको दैनिक रुटीन जेलको नियम अनुसार परिवर्तन हुनेछ । 

 

माथिको तश्विरमा: जोधपुर स्थित जेलमा पस्दै सलमान खान | 

जेल छिरेपछी अब सलमानको बिहानदेखि बेलुकासम्मको यस्तो दैनिकी हुनेछ: 

बिहानको समय 

- ५:३० बजे सुतेर उठ्नुपर्ने 

- ७:०० बजे नुहाएर तयार रहने 

*नियामानुसार हरेक कैदीले दैनिक १३५ लिटर पानी प्रयोग गर्न पाउने नियम छ | 

- ७ बजेदेखि ८ बजेसम्म नास्ता गर्ने (२ रोटी, तरकारी, चिया) 

- ८ बजेदेखि ११:३० बजेसम्म - जेलका अरुसँग मिलेर जेल भित्र अरुले अर्हाएको काम गर्ने 

* नियामानुसार १ महिनामा बढीमा ५ जनाले मात्र कैदी भेट्न सक्छन त्यो पनि  २०/२० मिनेट मात्र | 

- ११:३० बजे पछी लन्च (तरकारी-रोटी, दाल भात) 

दिउँसोको समय

- दिउसो १२ बजेदेखि साँझ ५ बजेसम्म - जेलका अरुसँग मिलेर जेल भित्र अरुले अर्हाएको काम गर्ने 

* जेलको नियामानुसार जेलमा काम गरे वापत स्किल्ड (अनुभवी, दक्ष), सेमी स्किल्ल्ड (साधारण दक्ष) र अन स्किल्ड (दक्षतानै नभएको) कामदारहरुले ४० देखि ५५ भारतीय रुपयाँ प्राप्त गर्छन | 

साँझ/बेलुकाको समय 

- ५:३० बजे - काम गरेको ठाउँबाट आफ्नो स्थानमा आउने 

- साँझ ६:००बजे सम्म डिनर खाने - तरकारी र रोटि 

* आइतबारको दिन कैदीलाई अन्य दिनभन्दा मिठो खानकुरा दिइन्छ | 

- साँझ ६ बजेदेखि ७ बजेसम्म : केहिबेर साझा हलमा गएर टिभी हेर्ने वा किताव पढ्न पाइन्छ |

- बेलुका ७ वा ८ बजेपछि विहानसम्म: सुत्ने समय 

* हप्ताको एक दिन सुत्नु अघि र सुतेर उठेपछि तौल नाप्ने गरिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!