यसरी सलमान खान २ दिनमै जेलबाट छुटे, अब के हुन्छ ?

Posted on: 07 Apr, 2018

चैत २४, काठमाडौँ | बिहिबार कृष्णसार सिकारको मुद्धामा जेल परेका बलिउड नायक सलमान खान जेलबाट २ दिनमै छुटेका छन् । सेशन जज (रूरल) रविंद्र कुमार जोशीले आज ३ बजे २५/२५ हजारको मुचुल्कामा सलमानलाई सशर्त जमानत दिएको हो । सलमान जेलबाट छुटेको खबर पाए लगत्तै अदालतको बाहिर पुगेका सलमानका समर्थकहरुले खुसियालीमा रमाइलो गरेका छन् । ३ बजे अदालतले जमानत दिएपछी सलमान आज बेलुका साढे ५ बजे जेलबाट छुटेका हुन् । यस अघि सलमानलाई ५ बर्षको लागि सजाय सुनाईएको थियो ।

सलमानको जमानतको खबर सुन्न उनका समर्थकहरुको ४.५ किलोमिटर लामो सडकको दुवैतर्फ भरिएका थिए | सलमान छुटेपछि उनीहरुले सलमानको समर्थनमा खुसियाली समेत मनाएका छन् | जेलको प्रक्रिया पुरा गरि सलमान कडा सुरक्षामा एयरपोर्टसम्म पुगेका थिए । कालो टी-शर्ट र कालो टोपीमा सलमानसँग उनको बडीगार्ड शेरा कारमा अघिल्लो सिटमा बसेका थिए । जोधपुर एएरपोर्टसम्मको करीब ४.५ किलोमीटर लामो सडकको दुवैतर्फ समर्थकको बीचमा सलमान एएरपोर्ट पुगेका थिए । बाक्लो भिडमा प्रहरीलाई सुरक्षा दिन निकै मुश्किल परेको थियो ।


अब के हुन्छ ?

सलमान दुईदिनमै जेलबाट छुटे पछी अब उनलाई फेरी यो मुद्धामा जेल आउनुपर्छ क्लि पर्दैन भन्ने धेरैको जिज्ञाशा छ, विश्नोई समाजका वकील महीपाल विश्नोईले बताए अनुसार, "सलमान खानलाई २५-२५ हजारको मुचुल्का भर्न आदेश दिईएको छ । उनि अदालतको इजाजत बिना अब भारत छोडेर बाहिर जान पाउनेछैनन् । उनले अब ७ मे का दिन आफै अदालतमा पुग्नुपर्ने हुन्छ ।"

सलमानका वकील महेश बोड़ाका अनुसार २० बर्षदेखि जारी यस मुद्धामा सलमान संधै जमानतमा रहेका छन् । उनले संधै अदालतको आदेश पालन गरेका छन् र जब अदालतले बोलाउँछ तब हाजिर भएका छन् । यसैले उनलाई जमानत दिईएको हो । यस अघिनै पोष्टमार्टम रिपोर्ट तथा अन्य कारण सलमान हरिण मार्नमा दोषी सावित भईसकेकाले सलमानलाई फेरी पनि दोषीनै मानिन्छ । त्यसैले उनलाई फेरी जेल हाल्न सक्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!