द्वन्द्व निर्देशक राजेन्द्र खड्गी धरौटी बुझाएर छुटे, कति तिरे धरौटी ?

Posted on: 08 Apr, 2018

चैत २५, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्नका लागि दिएको आदेश उच्च अदालत, पाटनले बदर गरेको छ ।

न्यायधिशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेको हो ।

योसँगै खड्गी ५ लाख रुपैयाँ धरौटी तिरेर केन्द्रीय कारागार, सुन्धाराबाट छुटेका हुन् । यसअघि १८ फागुनमा उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतले फैसला सुनाएको थियो । तर, खड्गी मुलुकी एेन, अदालती बन्दोबस्तको महल १७ अनुसार उच्च अदालत, पाटन गएका थिए ।

सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । फर्किने बेलामा भने दुई जना मात्र नेपाल आएका थिए ।

त्यहाँस्थित दुतावासको उजुरीको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!