दीनाका कारण रोहितको 'छाती चस्स चस्स' दुखेपछि...(भिडियोसहित)

Posted on: 09 Apr, 2018

चैत्र २६ काठमाण्डौ | एकपछि अर्को उत्कृष्ट म्यूजिक भिडियो पस्कँदै आएका रोजल थापा निर्देशित 'तिमी गयौं' बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

लोकेन्द्र राईको स्वर रहेको गीतमा यमन सुवेदीको शब्द र राम सिटौलाको संगीत रहेको उक्त गीतले प्रेमभाव बोल्छ । 

रोहित बस्नेत र दीना घिमिरे फिचर गीतमा यी दुई एकअर्काको साथ बिना बाँच्न नसक्ने कुरा गर्दैछन् । भिडियोमा यो कपलको केमेष्ट्री कमालको देखिएको छ । रोहितको यो पहिलो अभिनीत भिडियो हो । 

विरेन्द्र भट्टको छायांकन, श्याम कुँवरको सम्पादन रहेको भिडियोमा मेघराज मगरातीले ड्रोन चलाएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!