भारतीय अभिनेता सलमान खान जेठमा नेपाल आउने

Posted on: 09 Apr, 2018

चैत्र २६ काठमाडौँ । भारतीय अभिनेता सलमान खान नेपाल आउने भएका छन् | खान बलिउड कलाकारहरु सहित ‘द–ब्याङ्ग’ टुरमा आगामी जेठमा नेपाल आउने भएका हुन्।


यसअघि, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते हुने भनिएको पूर्व निर्धारित कार्यक्रम सुरक्षाको कारण देखाउँदै रद्द भएको थियो ।

कार्यक्रमका आयोजक ओडिसी इन्टरटेनमेन्टका अनुसार अब कार्यक्रम १२ जेठमा काठमाडौँको टुँडिखेलमा आयोजना हुने भएको छ ।

कृष्णसार शिकारको मामिला सलमान जेल चलान भएपछि कार्यक्रमबारे अन्यौलता थपिएको थियो । सलमानले सो मुद्दामा जमानत पाए पनि देश बाहिर जान नपाउने भनिएको छ ।

जेए इभेन्टसले विज्ञप्ति जारी गर्दै सलमान आउने कार्यक्रमको नयाँ तालिका सार्वजनिक गरेको हो ।

कार्यक्रममा सलमानसहित सोनाक्क्षी सिन्हा, कृति सानोन, प्रभुदेवा, डेजी शाह, मित ब्रोज, मनिष पल र डान्स क्रुहरु आउने छन् ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!