गायक राज सिक्देलले 'आजै मर्छु' भनेपछि...(भिडियोसहित)

Posted on: 16 Apr, 2018

बैशाख ३ काठमाण्डौ | सुमधुर स्वरका धनि गायक राज सिक्देलको गीत बजारमा आएको छ | सिक्देलको स्वरमा रहेको 'आजै मर्छु' बोलको गीत सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा दिपक राज बिस्वकर्माको संगीत रहेको छ भने सलिन पोखरेलको शब्द सुन्न सकिन्छ ।

स्याड भर्सनको गीतमा शिल्पा पोखरेल र चिरन्जीवी र महेश अभिनय गरेका छन् । जहाँ प्रेम र पिडा देखाइएको छ ।

गीतको म्युजीक भिडीयोलाई निर्देशन भने प्रकास धितालले गरेका हुन् । भिडीयोमा उत्सब दाहालको क्यामरा र निसान घिमिरेको सम्पादन देख्न सकिन्छ ।

भिडीयोलाई बजार ब्यबस्थापन भने बुढासुब्बा म्युजीकले गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!