अन्जु पन्तको 'जता जता दियो बाल्छु' बोलको मार्मिक गीत सार्वाजनिक (भिडियोसहित)

Posted on: 18 Apr, 2018

बैशाख ५, काठमाण्डौ | नेपाली मोडलिंग क्षेत्रमा सफलता हातपार्दै दर्जनौ भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा बटुलेकी सफल मोडल सिर्जना पौडेलको  निर्देशनमा तयार  भएको दोश्रो म्युजिक भिडियो 'जता जता दियो बाल्छु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  

नेपाली सांगीतिक आकाशको चर्चित गायक गायिकाहरुको आवाजमा रहेका बिभिन्न गीतहरुमा अभिनय गरिसकेकी मोडल पौडेलको अन्जु पन्तको 'म संग तिमीले', प्रमोद खरेलको 'खै कसरी बोलाउ मैले' लगाएतका गीतहरुमा चर्चा बटुलिसकेकी छिन् | 

गन्तब्य एल्बममा समावेस यस गीतमा रचनाकार प्रकाश के सीको शब्द रचना र  संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेको यस गीतमा अन्जु पन्तको स्वर सुन्न सकिन्छ | त्यस्तै फिचरमा  सिर्जना पौडेल र मोडल बुध्हबिर थापालाई देख्न सकिन्छ |



यस बिषयमा तपाइको प्रतिक्रिया...!