अन्जु पन्तको मार्मिक गीत ‘न रुनु है' सार्वजनिक (भिडियोसहित)

Posted on: 03 May, 2018

वैशाख २० काठमाण्डौ | नेपाली सिनेमा जगतमा कुशल सम्पादकको पहिचान बनाएको सम्पादक शाहिल खानले मोडलिङ यात्रा पनि सुरु गरेका छन्।

केहि समय अघि प्रदर्शनमा आएको फिल्म ‘च्याम्पियन’ बाट अभिनयको अनुभव बटुलेका शाहिलले पछिल्लो पटक म्युजिक भिडियोमा डेब्यू गर्दै अभिनेत्री शिल्पा पोखरेलसँग स्कृन सेयर गरेका छन  । 

बुधबार  म्युजिक नेपालबाट शाहील खान र नायिका  शिल्पा पोखरेल अभिनित अन्जु पन्तको आवाज रहेको गीतमा शाहिल र शिल्पाको केमेष्ट्रि गज्जबले जमेको देखिन्छ ।  

विज्ञान राइको निर्देशनमा बनेको भिडियोमा शाहिल र शिल्पाले अन स्कृन रोमान्स गरेका छन् । 

२ दर्जनबढि फिल्म सम्पादन गरेका तथा २ सय बढि फिल्मको ट्रेलर तयार गरिसकेका शाहिल पछिल्लो पटक ‘लभ डायरिज’ नामको फिल्मबाट ठुलोपर्दाको निर्देशनमा समेत अनुभव सँगाल्दैछन् । उक्त फिल्ममा शाहिलले एशोसियट निर्देशकको जिम्मा सम्हालेका छन् ।

अभिनयलाई सोख र चाखको विषय मान्ने शाहिल पछिल्लो १० बर्षदेखि रंगिन दुनियाँसँग नजिक छन् । उनले केहि फिल्ममा सहायक निर्देशकको काम समेत गरिसकेका छन् । ‘न रुनु है’ बोलको गीतमा अञ्जु पन्तको स्वर छ भने क्षितिज श्रेष्ठ र सन्तोष कटुवालको शब्दमा संगीत आलिफ खानले भरेका छन् । अर्जुन तिवारीले भिडियो खिचेका छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!