वीर बिश्वासको 'आकाशैमा तिन तारा' सार्वजनिक (भिडियोसहित)

Posted on: 06 May, 2018

वैशाख २३ काठमाण्डौ | नेपाली संगीतको आकाशमा बिर विश्वासको आफ्नै शब्द संगीत तथा आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।   हाल युवा पुस्तामाझ निकै लोकप्रिय रहेका गायक बिर बिश्वासको  स्वरमा रहेको 'आकासैमा तिन तारा' सार्वजनिक भएको छ । सार्वजनिक क्लब गीतमा बिक्रम चौहान , टिका जैसी , क्रीपा पौडेल र बिर बिस्वासको अभिनय रहेको छ । गीतमा बिक्रम चौहान कै कोरियोग्राफी रहेको छ । ओम सुनारको एरेन्ज रहेको गीत 'आकासैमा तिन तारा' लाई  नयाँ तरिका प्रस्तुति दिन खोजिएको भिडियो निकै राम्रो पनि बनेको देखिएको छ । प्रकास खड्काको सिनेमाटोग्राफी रहेको गीतलाई मिलन बिकले सम्पादन गरेका छन ।  

नेपाली संगितमा बिगत ५ बर्षदेखि संगीतक्रममा लाग्दै आएका बिरले यस पछी आफ्नै शब्द संगीतमा गायक प्रमोद खरेलको आवाजमा 'जलाएर गयोउ मुटु' बोलको गीत र गीतको भिडियो सार्वजनिक गर्ने बताए ।  

भारतको गुजरातमा बस्दै आएका बिर  संगीतका बिद्यार्थी पनि हुन् । उनले आफ्नो कर्मसंगै गीत र संगीतलाई पनि सँग-सँगै लाँदै आएका छन् ।  उनले भारतका बिभिन्न कार्यक्रमहरुमा नेपाली कलाकारहरुलाई प्रस्तुतिको लागी पनि लैजाने गरेका छन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!