गायक सुगम पोखरेल दुई महिने संगीत यात्रामा अमेरिका आउदै

Posted on: 09 May, 2018

विजय थापा/वैशाख २३ अमेरिका | गायक सुगम पोखरेल दुई महिने संगीत यात्रामा अमेरिका आउने भएका छन् । पप गीत मार्फत उदाएका पोखरेल नेपाली सांगीतिक आकाशमा एक सफल गायक मानिन्छन्। 

नेपाली श्रोताहरु उनका गीत सुन्न लालायित हुन्छन् भने उनलाई १ एमबि (वान म्यान ब्याण्ड )भनेर पनि चिनिन्छ । सुगम पोखरेल युएस यात्रा २०१८ नामक कार्यक्रमको लागि उनि आउने भएका हुन् । 

उनि संगतिकार ,रचनाकार तथा रेडियो जोकि (प्रस्तोता ) पनि हुन् । पछिल्लो समयमा उनि नेपाली चलचित्रका गीतहरुमा पनि जम्न सफल भएका छन् ।

मेरो संसार नामक गीत बाट दुई दशक अगाडी सांगीतिक दुनियामा प्रवेश गरेका सुगम मे र जुन महिना को लागि अमेरिका यात्रामा रहने छन् । अमेरिकाका विभिन्न २५ राज्यहरु भन्दा बढ्ता उनको प्रस्तुति हुने छ भनि आयोजकले बताएका छन् ।

उनले दुई महिना को अवधि भित्र २५ वटा प्रदर्शन गर्ने सम्भवत पहिलो गायक बन्ने अवसर पनि प्राप्त गर्ने छन् । 

उनको पहिलो प्रस्तुति अमेरिकाको सन एन्टीनो मा मे १२ तारिख बाट सुरु भै जुलाई १२ तारिखम टेनेसीको न्यास्भिलमा अन्तिम प्रस्तुति हुने छ । 

अमेरिकामा उनको कार्यक्रम फ्युजन इन्टरनेसनलले नेपसिने तथा प्लानेट३ फिल्मस् को सहयोगमा ल्याएको हो । आधिकारिक संचार सहयात्री(मिडिया पार्टनर )  ईनेप्लिज रहेको छ । 

बिस्तृत जानकारी को लागि फ्युजन इन्टर नेसनल को ईमेल  [email protected] मार्फत सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!