बिहेअघि नै गर्भवती भएका थिए यी ४ वलिउडका अभिनेत्रीहरु

Posted on: 11 May, 2018

फिल्मी दुनियाँमा अफेयर, ब्रेकअप, एक्स्ट्रा मेरिटल अफेयरसम्बन्धी हल्ला चल्नु, समाचार बन्नु सामान्य मानिन्छ । तर, कुनै हिरोइन विवाहअघि नै गर्भवती हुन्छिन् भने त्यसलाई चाहिँ फिल्मी–संसारभित्र पनि अलिक फरक कोणबाट हेर्ने गरिन्छ । गर्भनिरोधका लागि अनेक साधनको आविष्कार भएको आजको युगमा पनि कतिपय वलिउड नायिकाहरू विवाहअघि नै प्रेग्नेन्ट भएर चर्चामा आएका थिए ।

१.महिमा चौधरी


‘परदेश’जस्तो सुपर हिट फिल्म दिएकी महिमा चौधरीलाई हिन्दी सिनेमाका दर्शकले पक्कै भुलेका छैनन् । आफूलाई सिनेदुनियाँमा प्रवेश दिलाउने चर्चित निर्माता–निर्देशक सुभाष घईसँग महिमाको सम्बन्ध त्यसबेला पत्रपत्रिकाका लागि निकै रसदार मसला बन्ने गर्दथ्यो । घईसँगको सम्बन्धबारे अचाक्ली अफवाह चलेको सहन नसकी महिमाले एकाएक बाबी मुखर्जी आफ्नो ब्वाइफ्रेन्ड भएको र उसैसँग बिहे गर्न लागेको घोषणा गरिन् । तर, यसरी सार्वजनिक अभिव्यक्ति दिएको केही सातामै महिमा सन्तानकी आमा बन्न पुगेकी थिइन् ।

२.नीना गुप्ता


यस्तै अर्की पात्र नीना गुप्ताको कहानीचाहिँ अलिक दुःखदायी छ । सन् ८० को दशकमा भारतीय टेलिभिजनमा अत्यन्त छाएकी अभिनेत्री हुन् नीना । यिनको स्वभाव पनि अत्यन्त बोल्ड प्रकृतिको थियो । तर, त्यसबेला क्रिकेट प्रतियोगितामा सहभागी हुन भारत आएका वेस्टइन्डिजका क्रिकेटर विवियन रिचर्डसँग भेट भएको दोस्रो दिनमै अत्यन्त गहिरो प्रेम बस्न पुगेछ उनको । विवाहित विवियन पनि नीनाको प्रेममा डुबेर केही समय भारतमै बसे । तर, आफूले नीनासँग बिहे गर्न नसक्ने उद्घोष गर्दै उनी आफ्नो मुलुक फर्केपछि नीनाले निकै बदनामी झेल्नुपर्यो । अन्ततः उनी बिहेबिनाकी आमा बन्न विवश भइन् । 

३.जिया खान


सन् २०१३ जुन ३ मा भारतको मुम्बईको जुहु स्थित सागर संगित अपार्टमेन्टमा अभिनेत्री जिया खानको शव झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको थियो । भारतीय अभिनेत्री जिया खानले सुसाइड नोटमा गर्भपात गरेकी लेखेकी थिईन ।

उनले पंखामा झुन्डिएर आत्महत्या गरेकी थिईन । यस मामिलामा जियाका प्रेमी सूरज पञ्चोलीलाई हिरासतमा लिई प्रहरीले गहन अनुसन्धान गरेको थियो । जियाले आफ्नो सुसाइड नोटमा लेखेकी थिईन – आफ्नो बच्चालाई मैले मारिदिए जसको कारण मलाई गहिरो दर्द दिएको थियो ।

४.प्रत्युषा बनर्जी


भारतीय चर्चित टिभी सिरियल बालिका बधुमा आनन्दीको चर्चित भूमिका निभाएकी अभिनेत्री प्रत्युषा बनर्जीले २४ वर्षको उमेरमा आत्महत्या गरी सनसनी मच्चाएकी थिइन । उनले आत्महत्या गर्नु अघि गर्भपतन गरिएको खुलासा भएको थियो । उनी आफ्नो प्रेमी राहुल राज सिंहबाट गर्भवती भएकी थिइन् ।

एजेन्सी 


यस बिषयमा तपाइको प्रतिक्रिया...!