करोड क्लवमा कार्टुन्ज क्रुका सरोज ओलीलाई ह्याट्रिक (भिडियोसहित)

Posted on: 17 May, 2018

जेठ ३ काठमाण्डौ | गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीनओटा आधुनिक गीतहरु युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो । यसअघि गायक ओलीको ‘तिमीलाई देखेपछि आई लभ यु’ र ‘माछीले खाने खोलीको लेउ’ बोलका गीतहरु युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिसकिएको थियो । 

लै उनले गाएको ‘जता जता पिरतीको बाटो’ बोलको गीतले पनि युट्युबमा १ करोड भ्यु बटुलेको छ । यो सँगै गायक ओली नेपाली आधुनिक गीत अन्तर्गत युट्युबमा लगातार तीन वटै गीतमा करोड भ्यु पाउने पहिलो गायक भएका छन् । यसअघि कुनै पनि आधुनिक गायकहरुका तीन ओटै गीतहरुले लगातार करोड भ्यु पाएका थिएनन् । नेपाली आधुनिक गीतको क्षेत्रमा करोड क्लबमा ह्याट्रिक गरेर सरोज ओलीले नयाँ रेकर्ड बनाएका छन् । 

सरोज ओलीले गायका तिन वटै गीतलाई चर्चित संगीतकार बसन्त सापकोटाले संगीत दिएका छन् । साथै तीन वटै गीत दिनेश थपलियाले लेखेका हुन् । साथै संगीतकार र गीतकारको रुपमा बसन्त सापकोटा र दिनेश थपलियाले पनि आधुनिक गीतको करोड क्लबमा ह्याट्रिक गरेका छन् । गायक सरोज ओलीले आफ्नो तीनओटै गीतहरु करोड भ्यु पुगेको अवसरमा बिहिवार पत्रकार भेटघाटको आयोजना गरेका थिए । कार्यक्रममा कार्टुन्ज क्रुका सदस्यहरुको उपस्थिती रहेको थियो ।

ओलीका करोड पुगेका तीन ओटा गीत मध्ये दुई ओटा गीतमा कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको थियो । साथै संगीतकार सापकोटा र गीतकार थपलियाको सहकार्यमा गायक ओलीले फेरि नयाँ गीतको घोषणा गरेका छन् । ‘पानी कुवाको’ बोलको नयाँ गीतमा पनि कार्टुन्ज क्रुले नै अभिनय गर्ने पक्का भईसकेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!