बानियाँको ‘काली–काली कान्छी’ सार्वजनिक

Posted on: 21 May, 2018

चिसाङ शेर्पा | जेठ ७, खोटाङ | गायक तथा मोडल रमेश बानियाँको ‘बाध्यता २’ को दोश्रो गीत ‘काली–काली कान्छी तिमि हिस्सी परेकी’ सार्वजनिक भएको छ । सोही एल्बमको ‘तिन पाने’ बोलको पहिलो गीत र म्युजिक भिडियोपछि बानियाँले काली–काली गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । 

रबिना मगरको रचना, देबेश राईको संगीतमा आबद्ध लोकपप शैलीमा आधारित गीतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका स्थानीय बानियाँको स्वर रहेको छ । बानियाँको ‘बाध्यता १’ मा आज तिम्रो कुरा सुने, वाध्यतामा फसेको छु, छेउमा आई वसिदेउ, तिमि मेरी हौ, छड्के हेराईले, मुटु जलेकोजस्ता गीत समावेश छ ।

मोलिङमा समेत माहिर बानियाँले आज तिम्रो कुरा सुने, वाध्यतामा फसेको छु, छेउमा आई वसिदेउन, तिमि मेरी हौ, बदनाम नगर तिमि मलाई र हजारौको भिडमा जस्ता गीतमा मोडलिङ गरिसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!