चलचित्र लिलीबिलीको ‘हावा सरी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

Posted on: 21 May, 2018

जेठ ७ काठमाण्डौ | चलचित्र ‘लिलीबिली’को तेस्रो गीत सार्वजनिक भएको छ । 

अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्कीद्वारा अभिनित  ‘हावा सरी…’ बोलको गीत सार्वजनिक भएको हो । आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको गीत रिलिज गरिएको थियो । सार्वजनिक गीतमा एसडी योगी र मेनुका पौडेलको स्वर रहेको छ भने, दिपेन्द्र घिमिरेको शब्द र गायक योगीको सङ्गीत रहेको छ भने छायांकन सुदिप बरालको रहेको छ। भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् |



यस बिषयमा तपाइको प्रतिक्रिया...!