निशान भट्टराईको 'ओइ भुन्टी' युट्युबको नं १ ट्रेन्डिङमा(भिडियोसहित)

Posted on: 27 May, 2018

जेठ १३ काठमाडौं | नेपाल आइडलका फर्स्ट रनरअप  निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । भट्टराइको आवाजमा 'ओइ भुन्टी' बोलको गीत भिडियो युटुवमा सार्वजनिक भए सँगै नम्बर वानमा ट्रेन्डिङमा पर्न सफल भएको छ।

राजेन्द्र भट्टको शब्द संगीत रहेको उक्त गीतमा नायिका तथा मोडल एलिशा राईको निशान भट्टराईको अभिनय देख्न सकिन्छ। श्रीमान श्रीमतीको विगतमा केमेस्ट्रिलाई सम्झाउन खोजिएको उक्त भिडियोमा एलिशा निशान दुवैले दमदार अभिनय पस्केका छन् ।

टेकेन्द्र शाहले निर्देशन गरेको उक्त भिडियोमा एलिशा र निशानले गीतको भाकालाई मौलिक अभिनयमा ढालेका छन् । मोहित मुनालले एरेन्ज गरेको गीत मिक्सिङ श्यामक्युईट रसाईलीले गरेका छन् भने सागर पाण्डे रेकर्डिस्ड रहेका छन् । शिशिर खातिले कोरियोग्राफ गरेको गीतको भिडियोमा एम आर आरजेको पनि अभिनय रहेको छ ।

नेपाल आइडलका प्रतियोगीहरू देश तथा विदेशको विभिन्न कार्यक्रममा व्यस्त छन् भने अहिले एकपछि अर्कोले नयाँ गीतहरु रिलिज गर्ने क्रम पनि जारी रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!