नेपाली चलचित्र 'बेबी आइ लभ यु' को रोमान्टिक गीत सार्वजनिक(भिडियोसहित)

Posted on: 27 May, 2018

जेठ १३, काठमाडौँ | चलचित्र "बेबी आइ लभ यू "को नयाँ गीत सार्वजनिक भएको छ । 'कहानी तेरो र मेरो' बोलको निकै रोमान्टिक गीतमा सुज्यम नेपाली र नायक सन्तोष खड्गीको आवाज रहेको छ भने शब्द र संगीत पनि सन्तोषकै रहेको छ । उक्त गीतलाई सरोज अधिकारीले कोरियोग्राफी गरेका हुन् । 

जेठ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको उक्त फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका छन् भने शिव न्यौपानेले निर्माण गरेका हुन् । 

लभ स्टोरी फ्लेवरको "बेबी आइ लभ यू" मा सन्तोष र पूजा लगायत सरोज खनाल तथा निर्मल शर्माको अभिनय रहेको छ । 

यतिबेला ‘बेबी आइ लभ यू’ टिम चलचित्रको प्रचार प्रसारमा निकै व्यस्त छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!