पइन्ट खल्कन्या बजारमा (भिडियो सहित)

Posted on: 28 May, 2018

नरी बडु | जेठ १४, बैतडी । लोक तथा देउडा गायक लोकेन्द्र बहादुर चन्द को पछिल्लो लोक देउडा गित पइन्ट खलकन्या को म्युजिक भिडियो सार्बजनिक भएको छ । युवा पुस्तामाझ निकै लोकप्रियता कमाउन सफत गायक तथा मोडेल चक्र बम को लय तथा मेलोडि रहेको उक्त गितमा गायक लोकेन्द्र बहादुर चन्द को स्वर शब्द तथा संङ्गित छ ।

बि स्टार फिल्मस ले दृश्य निर्माण गरेको उक्त म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक बिक्रम चौहान, छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिक ले गरेका छन । दिवान चन्दको प्रस्तुतीमा बजारमा चर्चा कमाउदै गरेको उक्त पइन्ट खलकन्या गित को म्युजिक भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी र चक्र बम को अभिनय रहेको छ । 

विषेश सहयोगिमा गाईका दिपा ओझालाई राखिएको उक्त डिजे गितले पछिल्लो समय हुने पार्टि, पिक्निक र रमाईलो गर्ने ठाँउमा निकै स्थान पाएको छ । यस अघि ८ दर्जन भन्दा बढी गितहरुमा आफ्नो श्वर भरिसकेका गायक लोकेन्द्र चन्दले यसपालि भने डिजे गितलाई बजारमा ल्याएका हुन् ।  आधुनिक संस्कृतिमाथि तिखो व्यङ्ग प्रहार गरेको उक्त गितले बढ्दो आधुनिकिकरणले हराउन लागेको पुरानो संस्कृती, कला र संस्कार बचाउन सहयोग गर्ने आपेक्षा गरिएको छ । 

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस !


यस बिषयमा तपाइको प्रतिक्रिया...!