राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा कार्की निर्वाचित

Posted on: 31 May, 2018

जेठ १७ काठमाडौँ  | राष्ट्रिय संगीतकर्मी संघले राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । 


संघको हालै सम्पन्न चौंथो महाधिवेशनले उपाध्यक्षमा नमराज ढुंगाना, प्रकाश कटुवाल, अमृत खाती, श्यामसुन्दर धिताल, उमा श्रेष्ठ र रमेश दुलाललाई निर्वाचित गरेको हो । 

संघद्वारा आज आयोजित कार्यक्रममा यही जेठ १३ गते सम्पन्न महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिकाबारे जानकारी गराइएको हो । 

महासचिवमा विजक्रमजंग शाह, उपमहासचिवमा गोविन्द दुलाल, प्रवक्ता होमराज सुवेदी, सचिव शर्मिला श्रेष्ठ र जीवन परियार हुनुहुन्छ । त्यस्तै सहसचिवमा श्रीकृष्ण दाहाल, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सहकोषाध्यक्ष सूर्य श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

सदस्यमा सिर्जु अधिकारी, रिना थापा, एलिना रायमाझी र आशा लामा हुनुहुन्छ । त्यसैगरी सातै प्रदेशमा स्थानीय कलाकारको खोजी गर्ने उद्देश्यले संयोजक तोकिएको छ । 

प्रदेश नं १ शिवप्रसाद घिमिरे, २ मा निर कँडेल, ३ मा दीपक रिमाल, ४ मा विनोद ढकाल, ५ थानेश्वर अधिकारी, कर्णाली प्रदेशमा पदमबहादुर रोकाय र प्रदेश नं ७ मा अर्जुन सोनामलाई जिम्मेवारी दिइएको छ । 

संघका नवनिर्वाचित अध्यक्ष कार्कीले पछिल्लो समय विकास भएका प्रविधिका कारण कलाकारको सिर्जना चोरी हुने क्रम बढ्दै गएकाले उनीहरुलाई सामाजिक न्याय उपलब्ध गराउन सरोकार पक्षसँग समन्वय र सहकार्य गर्ने बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!