बलिउड नायिका सिन्हाको निधन

Posted on: 01 Jun, 2018

जेठ १८ काठमाण्डौ | बलिउड नायिका अनिता सिन्हाको बिहिबार बिहान सिद्धार्थ नगर मुम्बाईस्थित एक अस्पतालमा मृत्यु भएको छ ।


उनले सन्  १९७४ मा मनमोहन देसाई निर्देशित चलचित्र रोटीमा अभिनेता राजेश खन्नाको साथमा सानो भुमिका निभाएकी थिइन् । पछि उनी थुप्रै फिल्ममा नायिकाको डबलको रुपमा देखिने गर्थिइन् । उनको मृत्युको कारण भने खुल्न सकेको छैन् । 

अनिता जीवनभरी अविवाहित थिइन् । उनले एक धर्मपुत्र बनाएकी थिइन् । जसले उनको अन्तिम संस्कार गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!