नलाउ झुटो पिरती ३ अन्तर्गत 'पिडाको राजधानी' बजारमा (भिडियोसहित)

Posted on: 03 Jun, 2018

जेठ २० काठमाडौं | बिगत लामो समय देखि नेपालि लोक दोहोरी क्षेत्रमा सक्रिय रहेका कलाकार सुनिल केसिले "नलाउ झुटो पिरती" र "नलाउ झुटो पिरती २" को अपार सफलतापछि नलाउ झुटो पिरती ३ ”अन्तर्गत पिडाको राजधानी बजारमा ल्याएका छन् |

उनले आज मात्रै मन्दीर म्युजिक प्रा लि मार्फत बजारमा ल्याएका ” पिडाको राजधानी” ले पनि दर्शक श्रोताको मन जितेको छ।

सुनिल केसि को शब्द अनि गणेश अधिकारीको लय रहेको गीतमा गणेश अधिकारी र गायिका बिष्णु माझीको आवाज सुन्न सकिनेछ।

गितमा चर्चित लोक दोहोरी गायक पुस्कल शर्मा र अनु श्रेष्ठले अभिनय गरेका छ्न।

गितलाई निर्देशन पछिल्लो समयका ब्यस्त निर्देशक काजीश श्रेष्ठले गरेका हुन।छायांकन अजय रेग्मी ले गरेका छन् भने सम्पादन दिपक बिष्टको रहेको छ।

भिडियो सहित


यस बिषयमा तपाइको प्रतिक्रिया...!