सुमार्ग म्युजिक प्रालीको प्रस्तुतिमा सहयोगी विसीको वियोगान्त गीत ”मलम पटटी” (भिडियोसहित)

Posted on: 06 Jun, 2018

रोशन पोखरेल/जेष्ठ २३ काठमाण्डौ | सुमार्ग  म्युजिक प्रालीको प्रस्तुतिमा राम सहयोगी विसीको वियोगान्त प्रेम कथामा आधारित  लोकदोहोरी गीत ”मलम पटटी “ बजारमा आएको छ । नेपाली कलाकारिताको विकाश गर्नको लागी सहयोगी विसीको शब्द सिर्जनामा गायक नारायण पाण्डे र लक्ष्मी रेग्मीको आवाजमा ”मलम पटटी” गीतको भिडियो आएको हो । 

नारायण पाण्डेको मौलिक लय सिर्जना रहेको गीतमा नेपालीपनको आभाष दिलाउने शब्द तथा लयको प्रयोग गरिएको छ। सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई  दिपक विष्टले सम्पादन गरेका छन। “मलम पटटी ” भिडियोमा महेन्द्र गौत्तम र सञ्चिता शाहीको अभिनय रहेको छ । गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!