अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम यति भब्य (भिडियो सहित)

Posted on: 07 Jun, 2018

जेठ २४, काठमाडौं । फरक किसिमको गायनकला भएका भाइरल ब्वाई अशोक दर्जीले पहिलो स्टेज कार्यक्रम सम्पन्न गरेका छन् । ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाएपछि उनको माग धेरै ठाउँमा छ । यसैबिच बुधबार राजधानीको लगनखेलस्थित आर्मि ग्राउण्डमा अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले लाइभ प्रस्तुती दिए जहाँबाट सयौंको वाहि वाहि पाए ।

दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन समारोहमा प्रस्तुती दिन गएका अशोक र टंकलाई खेलकुद मन्त्री जगत विश्वकर्माले नियालिरहेका थिए । उनले सानै उमेरमा यतिठुलो कला भएको भन्दै प्रसंसा समेत गरेका थिए । साथै उनले प्रस्तुती दिइसकेपछि अशोक र टंकलाई मायाको चिनो दिँदै सम्मान गरे ।


सातैं प्रदेशबाट आएका बिभिन्न बिद्यालयका खेलाडीहरुले अशोक जब गीत गाउँन थाले तब अशोक–अशोक भन्दै हुटिङ गरिरहेका थिए ।

अशोकले गीतलाई ट्रयाकमा गाउनेक्रममा केहि भुलहुन गएमा टंक सच्चाउँदै गाएका थिए । पहिलो स्टेज कार्यक्रम भएकोले पनि अशोकलाई ट्रयाकमा गाउन केहि समस्या परेको देखिन्थ्यो । कार्यक्रम सकेपछि आर्टिष्ट खबरसँग कुरागर्दै टंकले अशोकको पहिलो स्टेज कार्यक्रमनै नेपाल सरकारको लागो भएको ब्याच लाएर गर्न पाउँदा निकै खुसी लागेको बताए । साथै उनको प्रतिभालाई खेलकुद मन्त्रीले नियाल्नुपनि ठुलो उपब्धि भएको उनको भनाई थियो । अशोकले सबैकुरा सोच्न सक्दैनन्, उनले तपाईलाई कसले मायाको चिनो प्रदान गर्यो भन्दा प्रधानमन्त्रीले भनिरहेका थिए । अहिले अशोकका लागी स्टेज कार्यक्रमहरु बढ्नेक्रममा छन् । उनी केहि दिनमा बिदेशका केहि देशहरुमा कार्यक्रमकै लागी जाँदैछन् । 

हेर्नुस् अशोकको पहिलो लाइभ कार्यक्रम, यति भब्य भयो:

यस बिषयमा तपाइको प्रतिक्रिया...!