बिछोडमा परेकी गायिका देवी घर्तीले मर्छु भनेपछि... (भिडियोसहित)

Posted on: 24 Jun, 2018

रोशन पोखरेल/असार ७, काठमाण्डौ | विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गीतकार तथा संगीतकार अनिल खनालको लय तथा शब्द सिर्जनामा हिक्मत क्षेत्रीको लोकदोहोरी गीत “मर्छु अब त” बोलको गीतको भिडियो  बजारमा आएको छ । 

नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेका गायक हिक्मत क्षेत्री र बहुचर्चित गायिका देवी धर्तिको सुमधुर आवाजमा गीतमा रहेको छ । वियोगान्त अभिब्यक्तिहरु गीतको भिडियोमा रहेको छ । 

मायामा पागल भएका मायालु जोडीको प्रेम पछिको विछोडको कठिन परिवेशलाई गीतको भिडियोमा समेटिएको छ। मरुभुमि नारायणले  छायाँकन गरेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन । 

गीतको म्युजिक भिडियोलाई राज पाठकले निर्देशन गरेका हुन । गीतको मार्मिक भिडियोमा राहुल , पुजा , दिपक , लक्ष्मीको अभिनय देख्न सकिन्छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!