ताराप्रकाश र मेलिनाको 'निश्चल हिमाल झै' सार्वजनिक (भिडियो)

Posted on: 27 Jun, 2018

असार १३, काठमाडौं | पछिल्लो समय एकदमै रुचाइएकी गायिका मेलिना राई र व्यस्त संगीतकार तथा गायक ताराप्रकाश लिम्बुको स्वरमा नयाँ गीत रिलिज भएको छ। 

मंगलबार युट्युबमार्फत 'निश्चल हिमाल झै'  बोलको गीत सार्वजनिक गरिएको हो। 

सार्वजनिक उक्त गीतमा ताराप्रकाशकै संगीत रहेको छ भने दीपेन्द्र थाम्सुहाङले शब्द दिएका छन्। भुपेन्द्र तुन्वाहाङ्फे निर्देशित भिडियोमा निराजन प्रधान र सिम्रन श्रेष्ठ फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा निराजन र सिम्रनको जोडी मिलेको देखिन्छ। 

भिडियोलाई निर्देशक भुपेन्द्रले नै खिचेका छन् भने नागिन धिमालले ड्रेन चलाएका छन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!