वीराङ्गनामा अनुप र शिल्पाको विवाह

Posted on: 29 Jun, 2018

काठमाडौं । असार २९ गतेबाट रिलिजहुने फिल्म वीराङ्गनामा अनुप विक्रम शाही र शिल्पा पोखरेलको मूख्य भुमिका रहेको छ । यी दुबै शसस्त्र प्रहरीको भुमिका देखिएका छन् । तर फिल्म भित्र यी दुई विवाह बन्धनमा बाँधिएको फोटो भने फिल्म निर्माण टिमले सार्वजनिक गरेका थिएनन् । हालै फिल्मका निर्माण टिमले नायक अनुप विक्रम शाही सुटिङमै व्यस्त भएको र फिल्मको प्रमोशनमा साथ नदिएको भन्दै प्रचारलाई सहयोग हुने गरि फिल्म भित्रको मूख्य सिनको केही फोटो सार्वजनिक गरिएको छ ।


फिल्मभित्र नायिका शिल्पा पोखरेल र नायक अनुप विक्रम शाही विवाह बन्धनमा बाँधिएकी छिन् । महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म वीराङ्गना लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको फिल्म हो । महिला शसस्त्र शिल्पासँग अनुपको मिलनपछि विवाहको सिन राखिएको छ । उक्त सिन फिल्मको मूख्य पार्ट भएको बुझिएको छ । 

फिल्ममा मूख्य कलाकारहरु शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा  लगायतको अभिनय रहेको छ । 


राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । 

फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र  सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ । फिल्मलाई काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले वितरण गर्ने भएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!