'म केहि महिनामै मर्न सक्छु' - इरफान खान

Posted on: 02 Aug, 2018

एजेन्सी | म् केहि महीना पछि मर्न सक्छ, जिंदगीले मलाई मौका दिईराहेको छ - क्यान्सरबाट जुद्दै गरेका इरफान खानले बताएका छन् । 

लन्डनमा न्यूरोएंडोक्राइन क्यान्सरको उपचार गराउंदै गरेका इरफान खानको स्वास्थ्यमा सुधार आई रहेको छ । पछिल्लो समय इरफानले एसोसिएटेड प्रेसलाई अन्तर्वार्ता दिंदै उनले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएका थिए । साथै उनको आउंदै गरेको हलीवुड फिल्म 'पजल' को बारेमा पनि कुरा गरेका थिए, जुन फिल्म लसएन्जल्स सहित ११ शहरमा रिलीजभईरहेको छ ।

इरफानले भनेका छन् - 'कुनै पनि मानिसको जीवनको कुनै ग्यारेन्टी छैन । मेरो दिमाग संधै मलाई भन्छ कि- मलाई यो रोग छ र म केहि महीनामै, एकवा दुई बर्षमा मर्न सक्छु ।' वा फेरी म् आफ्नो दिमागसँग भएको बातचीतलाई पुरा नमानेर मृत्यु विरुद्ध जिउन सक्छु, जुन तरिकाले मलाई जिंदगीले जिउने बाटो देखाईरहेको छ, र साच्चै जिंदगीले मलाई धेरै मौका दिईरहेको छ । म मान्छु कि जताततै अंधकार नै अन्धकार भएको बाटोमा म् चलिरहेको छु, म् देख्न सक्दिन कि जिंदगीले मलाई के दिंदैछ ।'

इरफानले भनेका छन् 'कुनै योजना छैन' -  एसोसिएटेड प्रेसलाई उनले दिएको अन्तर्वातामा इरफानले भने- "म आजकाल कुनै स्क्रिप्ट पढ्दिन । यो साँचो र भ्रमको असल अनुभव हो । मेरो दिनको कुनै भविष्यवाणी छैन । मलाई लाग्थ्यो कि मेरो जीवन यस्तै रहन्छ, तर म कहिलै यसको प्रयोग गर्थिन । यो जुन अहिले भएको छ, यसको लागि मेरो कुनै योजना छैन । म बिहान ब्रेकफास्टको लागि जान्छु, त्यसपछि कुनै योजना हुँदैन । जिंदगी रहस्यमयी छ र जिन्दगीले निकै धेरै कुरा दिन्छ, हामीले त्यसलाई लिने कोसिस नगरेर मात्र हो । म यसलाई मायाँ गर्ने कोशिस गर्दैछु ।'

यस बिषयमा तपाइको प्रतिक्रिया...!