सञ्चारकर्मी भण्डारीको ‘अहिलेको तीजैमा’ तीज गीत सार्वजनिक (भिडियो)

Posted on: 10 Aug, 2018

साउन २५, काठमाडौँ | सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीतको एल्बम ‘अहिलेको तीजैमा, आँखा गयो नयाँ चिजैमा’ बोलको गीत सार्वजनिक भएको छ । 

उक्त गीतको म्युजिक भिडियोमा सञ्चारकर्मीले भण्डारी अभिनयमा समेत भूमिका निर्वाह गरेकी छिन् । 

विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको उक्त गीत किरण क्रियशनले बजारमा ल्याएको हो । रामकुमार केसीको छायाङ्कन र राज महर्जनको कोरियोग्राफी रहेको उक्त गीतको म्यूजिक भिडियो सम्पादन तथा निर्देशन भने टेकेन्द्र शाहले गरेका हुन् । भण्डारी झण्डै डेढ दशकदेखि नेपाली टेलिभिजन पत्रकारितामा सक्रिय हुनुहुन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!