सरोज अधिकारीको मनछुने गीत ‘भोली’ बजारमा

Posted on: 13 Aug, 2018

पूर्णप्रसाद न्यौपाने | साउन २८, ओखलढुंगा | गायक सरोज अधिकारीले ‘भोली’ नामको गीत बजारमा ल्याएका छन् । लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका युवा गायक अधिकारीको ‘भोली’ नामको मनछुने गीत बजारमा ल्याएका हुन् । 

२०६६ सालमा प्रभाव नामको एल्बम लिएर आएका गायक सरोज अधिकारीको त्यो समयमा ‘आज धेरै’ भन्ने बोलको गीत सञ्चारमाध्यमहरुमा निकै चर्चामा थियो । केहि समय अघि उनले ‘भावना’ नामको एल्बम पनि बजारमा ल्याएका थिए । आफ्नै शब्द संगीत र स्वरमा सरोजले ‘भोली’ बजारमा ल्याएका हुन् । गीतको भिडियोमा केकी अधिकारी, निराजन प्रधान र ज्योती काफ्ले लगायतले अभिनय गरेका छन् । अमेरिकामा रेकर्ड भएको गीतको भिडियो काठमाण्डौमा तयार गरिएको हो । भिडियो बनाउन पुस्कर दाहालले भूमिका खेलेका हुन् । नितिन चन्दको डाईरेक्सनमा तयार भएको भिडियो हेर्न यो लिङ्कमा जानुहोस् । >> https://www.youtube.com/watch?v=8YZyAdwqV7M 

सानो उमेर देखि गीत सङ्गीतमा रुचि राख्ने सरोज परिवारको पनि साथ भएकोले सांगितीक क्षेत्रमा प्रगति भएको बताउँछन् । ‘यो क्षेत्र सानै उमेर देखि रुचिको क्षेत्र हो,नेपाल देखि अमेरिका सम्म आएर पनि निरञ्तरता दिँदैछु ।’ गायक अधिकारीले भने ‘नेपाली गीत संगीतलाई जहाँ पुगेपनि मायाँ गरिरहन्छु, स्रोता र दर्शकको मायाँ गाउने आशा भएकाले गाउने पेशा छाड्दिन ।’ अधिकारीसँग गीतका शब्द लेख्न,संगीत भर्न र गाउन अब्बल क्षमता छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!