नेपाल आइडलबाट रुँदै वाहिरिइन् सन्ध्या अर्थात 'काउली बुढी'

Posted on: 07 Sep, 2018

भदौ २२, काठमाडौँ | संचार क्षेत्रमा आवद्ध तर नेपाल आइडलबाट एकाएक भाइरल बनेकी 'काउली बुढी' अर्थात सन्ध्या बुढाको नेपाल आइडल यात्रा टप-१८ मा पुग्न नपाउदै रोकिएको छ । 

नेपाल आइडलमा जानुपुर्वनै गीत रेकर्ड गरिसकेकी सन्ध्याले पछिल्लो प्रस्तुती नेपाल आइडलमा 'तिमीले बाटो फेर्यौ अरे...' बोलको गीत गाएकी थिइन् । दर्पण राईको शब्दमा टंक बुढाथोकीको संगीत रहेको उक्त गीत मेलिना राईले स्वर दिएकी हुन् । सोहि गीतमा आफ्नो प्रस्तुति दिएकी सन्ध्याले आफ्नो प्रस्तुतिले आज जजहरुको मन जित्न भने सकिनन् । 


नेपाल आइडलमा काउली बुढीको पहिलो प्रस्तुतीसंगै दर्शकहरुले उनलाई चासोका साथ हेरिरहेका छन् । केहि दर्शकले आजको प्रस्तुति पहिलेको प्रस्तुति जस्तो राम्रो नभएको बताएका छन् । एक जना दर्शकले सामाजिक संजालमा काउली बुढी गईचिन्, नेपाल आइडल निस्ते भो भन्दै आफ्नो स्टाटस अपडेट गरेका छन् । त्यस्तै अर्का एक जनाले 'काउली बुढी बिनाको नेपाल आइडल खल्लो हुने भो ।' भन्दै लेखेका छन् । त्यसो त सन्ध्या टप १८ मा पुग्ने-नपुग्ने जजको निर्णय नआउँदै एक दर्शकले लेखेका थिए - 'नेपाल आइडल दुई सिजनबाट सन्ध्या (काउली बुढी) आज घर जाने संकेत भनेर लेखेका थिए । 


नेपाल आइडलबाट बिदा हुँदा रुँदै बाहिरिएकी सन्ध्या बुढाले नेपाल आइडलको ५ मिनेटको आफ्नो प्रस्तुतिकै कारण आफूलाई सबैले चिनेको भन्दै नेपाल आइडललाई धन्यवाद दिएकी छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!