बलिउड स्टार गोविन्दा नेपालमा, भोली हुने एलजी सिने सर्कल अवार्डमा सहभागी हुने

Posted on: 15 Sep, 2018

भदौ ३०, काठमाडौं | भारतका बलिउड स्टार गोविन्दा अहिले नेपालमा छन् । भोली हुने एलजी सिने सर्कल अवार्डमा सहभागी हुन गोविन्दा सनिबार काठमाडौँ आइपुगेका हुन्। 

दिनेश डिसीको परिकल्पनामा हुँदै आएको एलजी सिने सर्कल अवार्ड वितरण समारोहमा गोविन्दले सहभागिता जनाउने छन्। 

उक्त अवार्डमा २०७४ सालको वैशाखदेखि चैत्र मसान्तसम्म रिलिज गरिएका नेपाली फिल्मलाई समेटिए छ र लाइफटाईम अचिभमेन्टसहित २३ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । 


अवार्डका लागि यसअघि नै मनोनयन सार्वजनिक गरिसकिएको छ। एलजी सिने सर्कल अवार्डले यसवर्ष निर्देशक किशोर रानालाई लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मान गर्ने भएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!