गीत रेकर्डिङका लागि स्टुडियो पुगेका बुद्ध लामा एक्कासी बेहोस भएपछि...

Posted on: 18 Sep, 2018

असोज २, काठमाडौँ । अहिले नेपाल आइडल सीजन २ चलिरहेको छ । उत्कृष्ट प्रतिस्पर्धीहरुबाट सर्वोकृष्ट खोज्ने प्रयास जारी छ ।

सबैजना दोस्रो नेपाल आइडलको खोजीमा जुटेका बेला पहिलो नेपाल आइडल बनेका बुद्ध लामा भने एकाएक अस्पताल भर्ना भएका छन् ।


सोमबार बिहानैदेखि सामान्य ज्वरो आएपनि बुद्ध लामा आफ्नो नयाँ गीत रेकर्डिङका लागि कृपा डिजिटल स्टुडियो पुगेका थिए । तर ज्वरो बढेपछि रेकर्डिङ छोडेर आराम गर्न भन्दै घर गएका उनी आगँनमा पुगेलगत्तै बेहोस भएका हुन् ।

बेहोस भएर लडेका लामालाई तुरुन्तै नर्भिक अस्पताल लगियो । अहिले नर्भिक अस्पतालमा उनको उपचार चलिरहेको छ । उनको रगतमा समस्या देखिएको नर्भिक अस्पताल श्रोतले जनाएको छ ।

चिकित्सकहरुले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!