अब हाँस्य टेलिसिरियल 'मेरिबास्सै'मा अशोक दर्जी पनि देखिदै

Posted on: 24 Sep, 2018

असोज ८ काठमाण्डौ | हाँस्य टेलिसिरियल ‘मेरिबास्सै’मा पछिल्लो समयका चर्चित बाल गायक अशोक दर्जी देखिने भएका छन् । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत सार्वजनिक भएसँगै निकै चर्चामा रहेका अशोक यहि आउँदो असोज ९ गते (मंगलबार)को ‘मेरिबास्सै’को नयाँ श्रृंखलामा देखिने बुझिएको छ । स्रोतका अनुसार अशोक दर्जी, टंक बुढाथोकी र एआर बुढाथोकी मेरिबास्सैमा पनि कलाकार भएर भित्रिने छन् । 

गायक तथा संगीतकार टंक बुढाथोकीले पनि फेसबुकमा एक तस्बिर पोष्ट गरेका छन् जुन तस्बिर मेरिबास्सैको छायांकनको समयमा लिइएको हो । मेरिबास्सैमा हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर)को लेखन तथा निर्देशन रहेको छ । पछिल्लो समय स्क्रिप्ट लेखन तथा निर्देशनमा बिशेष ध्यान पुर्याउन थालिएकै कारण धेरै दर्शकले मन पराएका छन् । यस्तै नेपालको युट्युवमा अपलोड गरिएसँगै ट्रेन्डिङमा पनि आइरहेको पाइन्छ । 

पछिल्लो समय समाजमा चर्चित तथा बिवादित बनेका बिषय हाँस्य टेलिसिरियलका लागी खुराक बन्ने गरेको छ । नेपाल टेलिभिजनबाटै प्रसारण हुँदै आएको अर्को हाँस्य टेलिसिरियल ‘भद्रगोल’मा पनि पछिल्लो समय सामाजिक सञ्जाल तथा युट्युवमा भाइरल भएका नेपाल आइडलबाट चिनिएका झक्कड थापा, नरेश पातली र सन्ध्या बुढा (काउली बुढी)लाई लगिएको थियो, जुन भाग अत्यधिक मन पनि पराइएको थियो । यस्तै मेरिबास्सैमा पनि अशोक दर्जीदेखिएसँगै उक्त भाग चर्चामा रहने अनुमान लगाउन सकिन्छ । अशोक मेरिबास्सैमा कति भाग सम्म देखिनेछन् त्यो बिषयमा भने निर्माण टिमले बोल्न चाहेको छैन । मिडिया हवको प्रस्तुतीमा निर्माण हुँदै आएका मेरिबास्सै र भद्रगोल दुबै हाँस्य टेलिसिरियल हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!