मेलिनाको गीतमा रोहित र एल्जिनाको ठुम्का (भिडियो)

Posted on: 24 Sep, 2018

असोज ८, काठमाण्डौ | गायिका मेलिना राई र गायक दीपक विकको स्वरमा रहेको लोक पप गीत 'ब्यूटी मान्छेलाई...' इन्टरनेट रिलिज भएको छ । 

प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल द्वय रोहित अधिकारी र एल्जिना मगर फिचर्ड छन् । भिडियोमा यो कपलको केमेस्ट्री सुहाएको छ । 

किरात विन्द्र राईको एक्सन-कटमा तयार भएको भिडियोलाई विरेन्द्र भट्टले खिचेका हुन् । अनिल रानाले भिडियोको सम्पादन गरेका हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!