चलचित्र मालिकाको ट्रेलर ट्रेन्डिंगमा, यस्तो अवतारमा देखिइन् रेखा थापा (भिडियोसहित)

Posted on: 01 Oct, 2018

असोज १५, काठमाण्डौ | चलचित्र मालिकाको ट्रेलर ट्रेन्डिंगमा पर्न सफल भएको छ । रेखा थापाको निर्माण,निर्देशन तथा अभिनय रहेको ‘मालिका’को ट्रेलर शुक्रबार रिलिज भएको हो । रिलिज भएको छोटो समयमै गीतले एक लाख बडी भ्युज पाएको छ भने दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

रेखा फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई रेखा थापाकै आमा सरस्वती थापाले निर्माण गर्दैछिन्। शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायाङ्कन र सुरेश अधिकारीको सङ्गीत रहेको छ ।

नरबहादुर कार्कीको कार्यकारी निर्माण रहेको चलचित्रमा बालविवाह र महिला हिंसाको कुरालाई उठान गरिएको छ भने चलचित्र ‘मालिका’ कार्तिक १६ गते बाट प्रदर्शनमा आउने छ। 

हेर्नुस् ट्रेलर:


यस बिषयमा तपाइको प्रतिक्रिया...!