नयाँ म्युजिकमा यस्तो लुक्समा देखिईन् प्रियंका कार्की (भिडियोसहित)

Posted on: 06 Oct, 2018

असोज २०, काठमाडौं । नायिका प्रियंका कार्की र नायक पुष्पल खड्काको अभिनय रहेको गीत सार्वजनिक भएको छ । ‘दिल टुटे भन्दा बढ्ता’बोलको गीतमा सुरज मानन्धरको स्वर छ ।  आनन्द अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ ।

चलचित्र निर्देशक निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांकन र बिकास धमलाको सम्पादन छ । भिडियोलाई सुबाmे थापाले कोरियोग्राफी गरेका हुन् । गायक मानन्धरले यसअघि पनि थुप्रै गीतहरु गाउनुभएको छ । उनले यसअघि ‘तिमी मान या नमान’, ‘तिम्रो अंगालोमा’लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!