बाहिरिए नेपाल आइडलकै पहिलो 'गोल्डेन माइक होल्डर' मीनराज

Posted on: 13 Oct, 2018

असोज २७, काठमाडौँ | ख्यातिप्राप्त टेलिभिजन सो 'नेपाल आइडल' सिजन २ को २०औं एपिसोडबाट  'गोल्डेन माइक होल्डर' मीनराज पौडेल बाहिरिएका छन् । प्रतियोगीको बिहीबार दिएको प्रस्तुतिका आधारमा शुक्रबार एलिमिनेसन राउन्ड चलिरहेको थियो । बिहिबार स्वास्थ्यका कारण मीनराजले गीतनै गाउन सकेनन् । त्यसैको कारण पनि हुन सक्छ मिनराजले पब्लिक भोट अरु प्रतिष्पर्धीले जस्तो पाउन असमार्थ भए । जसको कारण शुक्रबार उनि बाहिरिएको घोषणा गरियो । 

कार्यक्रमकै दौरानमा एकाएक माहोल सुनसान भयो । प्रतिस्पर्धी सबैले शुक्रबारको आफ्नो प्रस्तुति सकेपछि उद्घोषकले जब मञ्चबाट बाहिरिने चितवनका मीनराज पौडेलको नाम लिएका थिए । त्यसपछि उनका सबै साथी भक्कानिँदै रुन थाले । साथिहरुले मीनराजलाई अँगालो हालेर आत्मीयता दर्शाइरहेका थिए । मीनराज भने आँखाबाट खस्न लागेको आँसु लुकाउँदै मुस्कुराउने कोसिस गरिरहेका थिए । सबै भावविह्वल थिए। जजहरू पनि निःशब्द थिए । मीनराजलाई सम्झाउन कसैले शब्द निकाल्न सकिरहेका थिएनन्। मेगा अडिसनमा पहिलोपटक गोल्डेन माइक जितेर उनी सीधै टप १२ मा सहभागी भएका थिए । 

उनले नै नेपाल आइडलको इतिहाँसमा पहिलो गोल्डन माइक प्राप्त गरेका थिए । अघिल्लो सिजनमा गोल्डन माइकको व्यवस्था थिएन । गोल्डन माइक पाउने सिधै टप १२ मा आउने नयाँ नियम छ । 


‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन–२ गत साउन २४ देखि सुरु गरिएको हो । नेपाल आइडलका च्यानल हेड लक्ष्मीप्रसाद पौडेल हुन् भने प्रोजेक्ट हेड सुरेश पौडेल छन्। कार्यक्रम निर्देशकहरू सुरेश पौडेल, लोकेश वज्राचार्य र एलन श्रेष्ठ छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!